पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई कुहिएको फलको संज्ञा दिँदै आफैँ झर्ने दाबी गरेका छन । एमालेले मध्य पहाडी पुष्पलाल लोकमार्गमा सुरु गरेको ‘झुलाघाट—चिवाभञ्ज्याङ सङ्कल्प यात्रा’ अन्र्तरगत बुधवार भोजपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन । उनले आफ्नै कारणले गठबन्धन भत्किने पनि बताएका छन । उनले कांग्रेस र माओवादीलाई विदेशीले मिलाइदिएको जिकिर गर्दै विदेशीले बनाइदिएको सरकारबाट देश बन्न नसक्ने बताएका छन । उनले आगामी चुनावमा पार्टीले एकल बहुमत ल्याउन जनतासँग प्रत्यक्ष भेटघाट गरिएको बताएका छन । सोही अनुसार सिंगो पार्टी नेतृत्व अभियानमा लागेको उल्लेख गर्दै ओलीले आगामी निर्वाचनमा कुनै पनि पार्टीले एमालेसँग…
तितो सत्य
धनुषाका प्रहरी प्रमुख (एसपी) मित्रबन्धु शर्माले यसपाली विवाहपँचमीमा सिसिटिभी र ड्रोन क्यामेराबाट निगरानी गर्ने बताएका छन् । विगतको दिनलाई समिक्षा गर्दै अभद्र व्यवहार, दुरव्यवहार, चोरीचकारी, पाकेटमारी जस्ता घटनाहरु अधिक हुने गरेको अवस्थालाई मध्यनजर गर्दै सादा पोसाकमा अधिक प्रहरी परिचालन हुने बताए । उनले महिला र पुरुषमा सादा पोशाकको प्रहरी ठाउँ ठाउँमा परिचालन हुने बताए । प्रत्येक बर्ष विवाहपँचमीमा पाकेटमार, गहना चोरीको घटनाहरु अधिक भएको तथ्याँकलाई मध्यनजर गर्दै त्यस्ता घटना न्यूनिकरणको लागि जानकी मन्दिरदेखि बाह्रविघा मैदानसम्म दुरुस्त सिसिटिभी, बाह्रविघा मैदानमा ड्रोन निगरानी, जानकी मन्दिर प्राँगनमा समेत क्यामेरा र ड्रोनको निगरानी बढाउने बताए । उनले पाकेटमारी, चोरी, लुटपाटको घटनालाई न्यून गर्नको लागि…
बाराको सिम्रौनगढ नगरपालिकामा भएको झडपको स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर घाइते एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका १ का २५ वर्षीय लक्ष्मी मुखिया छन् । नारायणी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज मैनालीले पुष्टि गरे । उनका अनुसार मुखिया पनि आन्दोलन गर्न पुगेका थिए । अहिले स्थिति नियन्त्रणमा छ । मेयर किशोरी साह कलवारले नयाँ प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई हाजिर गराउन लिएर जाने क्रममा बा २ झ ४३५४ नम्बरको गाडीमा एक समूहले तोडफोड गरेपछि झडप भएको थियो । झडपमा मेयर साह र आन्दोलनकारी दुवै पक्षका दर्जनौँ व्यक्ति घाइते…
रुसी सेनामा भर्ना भएका थप दुई नेपाली नागरिक युक्रेनी सेनाको कब्जामा रहेको खुलेको छ । रुसी सेनामा भर्ना भई युक्रेनी सेनाको कब्जामा रहेका काभ्रेका सिद्धार्थ ढकाल र मोरङको लेटाङका विकास राईको भिडियो सार्वजानीक भए सँगै उनीहरु हालसम्म सुरक्षित भएको खुलेको हो । छुट्टाछुट्टै भिडियो सन्देशमा उनीहरुले आफू हालसम्म सुरक्षित भएको बताएका छन् । ‘अहिले म युक्रेनको कष्टडीमा छु, आजको दिनसम्म राम्रै छ, सुरक्षित नै छु’, काभ्रेका सिद्धार्थ ढकालले भनेका छन्, ‘म रिहा हुन्छु कि हुदिनँ थाहा छैन । पछि के हुन्छ भनेर भन्न सकिदैन । सकुशल नै हुन्छु होला ।’ ३ मिनेट ३२ सेकेण्ड लामो भिडियो सन्देशमा उनले आफू पैसाका लागि…
एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन गर्न सरकारले गठन गरेको समितिले नेपाल दूरसञ्चार प्राधिकरणसँग केही कागजात मागेको छ । समितिले विभिन्न सरोकारवाला र विज्ञहरुसँग छलफल गरी कागजात मगाएको समितिका अध्यक्ष टंकमणि शर्माले बताए । ‘एनसेलको ८० प्रतिशत शेयर ओगट्ने कम्पनीको खरिद बिक्रीपूर्व आजियटाले प्राधिकरणबाट कुनै अनुमति लिएको थियो कि थिएन ? पूर्वजानकारी भयो कि भएन भनेर सोधिएको छ’, उनले भने, ‘अनुमति बिना नै स्वामित्व परिवर्तनको निर्णय हुँदा तपाईंहरुको भूमिका के हो भनेर सोधिएको छ ।’त्यसका साथसाथै पटकपटकको खरिदबिक्रीको पूर्वजानकारी, विदेशी मुद्रा सटहीका लागि दिएको स्वीकृति लगायतका विषयमा समेत सोधिएको छ । प्राधिकरणलाई लेखेको पत्रबारे उनले भने, ‘यससम्बन्धी जे जस्ता कागजात छन्,…
सर्वोच्च अदालतले पहिलो प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ नै सार्वजनिक नहुने अवस्था बनेको छ । सर्वोच्च अदालतको सम्पादक शाखाले नेपाल कानुन पत्रिकाको संवैधानिक इजलास खण्डमा प्रतिनिधिसभा विघटनको मुद्दाको संक्षिप्त आदेश मात्रै प्रकाशित गरेको छ । ५ पुस २०७७ मा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभाको विघटन विरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले ११ फागुन २०७७ मा विघटन बदरको फैसला गरेको थियो । उक्त फैसलाको पूर्णपाठ प्रकाशित गर्न २०७९ सालको संवैधानिक इजलासखण्ड लामो समयदेखि प्रकाशित नगरी राखिएको थियो । तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासले गरेको…
विभागले एक सुचना जारी गर्दे लिनाग्लिप्टिन २.५ एमजी, लिनाग्लिप्टिन १० एमजी, रिभारोक्स्बान ५ एमजी, एसिक्लोफेनाक २०० एमजी, एसिक्लोफेनाक ३०० एमजी उत्पादनमा रोक लगाइएको छ । औषधि व्यवस्था विभागले विभिन्न १० प्रकारका औषधि उत्पादनमा रोक लगाएको छ । औषधि मुल्याकन समितिबाट प्राप्त रायअनुसार ती औषधिलाई उत्पादनमा रोक लगाइएको विभागले जनाएको छ ।यस्तै, लिनाग्लिप्टिन २.५ एमजी मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन २.५ एमजी मेटफर्मिन ८५० एमजी तथा लिनाग्लिप्टिन ५ एमजी मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन ५ एमजी मेटफर्मिन ८५० एमजी हाललाई उत्पादनमा रोक लगाइएको हो ।अनुगनम, मूल्याकन तथा कानुन कार्यावन्यन महाशाखाका प्रमुख पान बहादुर क्षेत्रीका अनुसार यी औषधिहरु नेपाली कम्पनीबाट उत्पादित औषधिहरु…
मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित तीन सदस्यीय अनुचित लेनदेन ‘मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग’ ले मंगलबार प्रधानमन्त्री प्रचण्डसमक्ष प्रतिवेदन पेश गरेको हो ।प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री दाहालले त्यसलाई तत्काल कार्यान्वयनका निम्ति उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरे ।प्रतिवेदन अध्ययन गरेर त्यसलाई यथाशीघ्र कार्यान्वयन गर्ने मन्त्री श्रेष्ठले बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
जम्मु र कश्मीर एक अन्तर्राष्ट्रिय मान्यता प्राप्त विवादित क्षेत्र भएको भन्दै सात दशकभन्दा बढी समयदेखि संयुक्त राष्ट्र सुरक्षा परिषदको एजेन्डामा रहेकाले कश्मीरी जनता र पाकिस्तानको इच्छाविपरीत एकतर्फी निर्णय गर्ने अधिकार नभएको पाकिस्तानले जनाएको छ ।पाकिस्तानको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जम्मु र कश्मीरको अन्तिम निर्णय संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव र कश्मीरी जनताको आकांक्षा अनुसार हुने उल्लेख गरिएको छ ।पाकिस्तानले जम्मू कश्मीरमा भारतीय संविधानको सर्वोच्चतालाई स्वीकार गर्दैन । भारतीय संविधानको अधीनमा हुने कुनै पनि प्रक्रियाले कानूनी महत्व राख्दैन’, पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।जम्मू र कश्मीरको स्थिति बारे भारतको सर्वोच्च अदालतले गरेको फैसलालाई पाकिस्तानले अस्वीकार गर्ने जनाएको छ…
पहिचानवादी समूहले उपमहानगरपालिका वडा १५ वडा कार्यालय र सामुन्ने रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रको साइनबोर्डमा लेखिएको ‘कोशी प्रदेश’ शनिवार मेटाएको छ । कोशी प्रदेशको नाम खारेजको माग गर्दै आएको पहिचानवादीहरूले वडा कार्यालय र स्वास्थ्य सेवा केन्द्रको बोर्डमा ‘कोशी प्रदेश’ लेखिएको भागमा कालो पोतेर मेटाएको हो । पहिचानवादी समूहले निरन्तर सरकारी कार्यालयहरूमा लेखिएको कोशी प्रदेश हटाउँदै आइरहेको पहिचानवादी युवा सह संयोजक बिराज आङदाम्बेले बताए । उनकै नेतृत्व युवा समूहले वडा कार्यालयमा नाराजुलुश गर्दै कोशी नाम खारेजीको माग गरेका थिए । युवा समूहले १ नम्बर प्रदेश भरिका विभिन्न कार्यालयका साइनबोर्ड र होडिङ बोर्डमा लेखिएका कोशी प्रदेश मेट्टाउँदै आएको आङदम्बेले जानकारी दिए ।…