प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । गजुरेलले २० मंसिरमा राजीनामा दिए पनि अहिलेसम्म स्वीकृत भने भइसकेको छैन । ‘राजीनामा बुझाएको छु, तर अहिलेसम्म स्वीकृति भएको खबर आइसकेको छैन । उनले राजीनामा दिनुको कराण खुलाउन चाहेनन् । ‘राजीनामा स्वीकृत भएपछि यसको कारण सार्वजनिक गरौंला’, उनले भने ।
तितो सत्य
अमेरिकाको टेनेसी राज्यमा आएको भीषण आँधीका कारण कम्तीमा ६ जनाको मृत्यु हुनाका साथै २३ जना घाइते भएका छन् । शनिबार दिउँसो आँधीका कारण मोन्टगोमेरी काउन्टीमा दुई वयस्क र एक बालकको मृत्यु भएको थियो भने टेनेसीको राजधानी न्यासभिलको उपनगरमा थप तीनजनाको मृत्यु भएको थियो। मोन्टगोमेरी काउन्टी शेरिफको कार्यालयले सम्भावित खतराबाट सचेत रहन आग्रह गरेको छ
मधेश प्रदेश सरकारको टोलीले संविधानमा व्यवस्था भएबमोजिमका कानुनहरु छिटो निर्माण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको टोलीले आइतबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएको हो ।भेटमा मुख्यमन्त्री यादवले एक महिनाभित्र निजामती सेवा ऐन र प्रदेश प्रहरी समायोजन गरिसक्न आफूहरुले अल्टिमेटम दिएकोमा सो अवधि पूरा भइसकेकाले अब संघर्षमा जाने बताएका थिए ।प्रहरी समायोजन, निजामती ऐन कार्यान्वयन लगायतका ६ बुँदे माग राख्दै मधेश सरकारले कार्तिक २३ गते एक महिने अल्टिमेटमसहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो । केन्द्र सरकारलाई दबाब दिन मधेश प्रदेशसभाबाट पारित संकल्प प्रस्तावसहित मुख्यमन्त्री यादवसहितको टोली प्रधानमन्त्रीलाई भेट्न आज बिहान…
गाजामा युद्धविराम प्रस्ताव विरुद्ध संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमा संयुक्त राज्य अमेरिकाले भिटो लगाएपछि अरब देशहरू आक्रोशित बनेका छन् । सुरक्षा परिषद्को विशेष बैठकमा वासिङ्टनले शुक्रबार लगाएको भिटोले संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेस र अरब राष्ट्रहरूको नेतृत्वमा उक्त क्षेत्रमा तत्काल मानवीय युद्धविराम गर्ने दिशामा भइरहेको प्रयासलाई अवरुद्ध पारेपछि अरब राष्ट्रहरू आक्रोशित बनेका हुन् ।साउदी विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अलले एक टिभी च्यानललाई दिएको अन्तर्वार्तामा अमेरिका आफ्नो जिम्मेवारी पूरा गर्न असफल भएको टिप्पणी गरेका छन् ।उनले भने, ‘एउटा यस्तो पक्ष छ जसले युद्धविरामलाई फोहोरी शब्द मान्छ, मलाई थाहा छैन किन यस्तो हुन्छ ।’इरानका विदेशमन्त्रीले अमेरिकाले युद्धविराम रोक्दा मध्यपूर्वमा ठूलो विस्फोट…
आजियाटाविरुद्ध सांसद अमरेश सिंहले दायर गरेको रिटको पेसी आजलाई तोकिएको छ । एनसेलको ८० प्रतिशत सेयर रहेको कम्पनी आजियाटाको सेयर हस्तान्तरण अवैधानिक रहेको भन्दै स्वतन्त्र सांसद सिंहले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा सर्वोच्चले आजका लागि पेसी तोकेको थियो ।
काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले काठमाडौँको महाराजगञ्जमा रहेको भाटभटेनी सुपरमार्केट अगाडि राखिएको प्लास्टिकको क्रिसमस ट्री हटाएको छ । प्लास्टिकबाट बनेका फूलका माला, रुख, लगायतका सामग्री प्रयोगमा निषेध गर्ने महानगरपालिकाको नीति अनुसार शनिवार महानगर प्रहरी बलले सो सुपरमार्केटमा पुगेर प्लास्टिकको रुख हटाएको सई राजेन्द्र गजुरेलले जानकारी दिए । यस्तै महानगरपालिका भित्रका अन्य स्थानहरूमा त्यस्ता सामग्री राखिएकोबारे बुझ्नका लागि नगर प्रहरीले अनुगमनको काम पनि गरिरहेको उनले बताए । शुक्रबार नगर प्रहरी बलले अनामनगरमा रहेको भाटभटेनी सुपरमार्केट, सिटी सेन्टर लगायतका ठुला सपिङ मलमा सजाइएका प्लास्टिकको रुख हटाएको थियो । सई गजुरेलले भने-‘हामीले प्लास्टिकका रुखलाइ मात्र हटाएका हौँ, क्रिसमस ट्री हटाएको होइन । प्लास्टिकबाट बनाएका…
इजरायलको आक्रमणका कारण गाजा क्षेत्रमा अस्पतालको क्षमताले थेग्नै नसक्ने गरी मृतक र घाइतेहरुको संख्या बढेको चिकित्सकहरुले बताएका छन् । दक्षिण गाजामा जारी भीषण युद्धका बीच खान युनिसको नासिर अस्पतालका डाक्टरहरुले मृतक र घाइतेको संख्या अत्यधिक भएकाले स्थिति नियन्त्रणभन्दा बाहिर गएको बताएका छन् । उनका अनुसार अस्पतालको क्षमताभन्दा धेरै संख्यामा घाइते र मृतकलाई ल्याइएको छ ।अस्पतालका निर्देशक नाहेद अबु तायमाले बीबीसीसँग भनेका छन्, ‘सयकडौं संख्यामा घाइते र मृतकहरुलाई अस्पताल ल्याइएको छ । खान युनिसमा इजरायलको लगातार बमबारीको बीच अस्पतालको करिडोरमा घाइतेहरुलाई राखेर उपचार गर्न बाध्य भएका छौं । हामीसँग औषधि उपकरणहरु पनि थोरै छ ।’यसैबीच युएन वर्ल्ड प्रोग्रामको उपनिर्देशक कार्ल स्काउले…
काठमाडौं उपत्यकामा यस वर्षको अहिलेसम्मकै कम तापक्रम मापन भएको छ । आज बिहान पौने ६ बजेको रेकर्ड अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस छ । वरिष्ठ मौसमविद शान्ति कँडेलले यो यस वर्षको अहिलेसम्म मापन भएको न्यूनतम तापक्रममध्येमा सबैभन्दा कम भएको बताइन् । यसअघि काठमाडौं न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियससम्म पुगेको थियो ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी र बागमतीमा बदली हुनेछ । यसैगरी कोशी र गण्डकी प्रदेशका उच्च पहाडी भूभागका एक–दुई स्थानमा हिमपातको सम्भावना पनि छ ।पूर्वी तराईका जिल्लाहरुमा आज बिहानैदेखि बाक्लो हुस्सु कुहिरो लागेको छ । यो क्रमिक रुपमा हट्दै जाने…
वाइडबडी जहाज खरिद प्रकरणमा अख्तियारले ५ वर्षपछि बिहीबार एकाएक विदेशी कम्पनीका तीन प्रतिनिधिलाई बयानका लागि आउन सूचना निकालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रक्रियामा जोडिएका तीन विदेशी कम्पनीका सञ्चालकलाई बयानमा बोलाएको छ । नेपाल बायुसेवा निगमले वाइडबडी विमान खरिद गर्दा भएको भनिएको भ्रष्टाचार प्रकरणको अनुसन्धानका लागि अख्तियारले नेपाली मूलका बेलायती नागरिक दीपक शर्मा, जर्मन नागरिक क्रिश्चियन न्ह्युलेन र रोमानियाका नागरिक ओलेग कालिस्त्रुलाई १५ दिनभित्र उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको हो ।बिहीबार द राइजिङ नेपाल दैनिकमा प्रकाशित सूचनामा भनिएको छ, ‘देहायका व्यक्ति पासपोर्ट र हालसालै खिचिएको फोटोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयको कोटा नं. १०८…
पोर्चुगलका लागि प्रस्तावित आवासीय राजदूत र सर्वोच्च अदालतका लागि सिफारिस ६ जना न्यायाधीशहरुविरुद्ध ११ वटा उजुरी परेका छन्।संसदीय सुनुवाई समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपाल र सर्वोच्च अदालतको न्यायाधीश पदका लागि प्रस्तावित सारंगा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालविरुद्ध ११ वटा उजुरी परेको समितिका सभापति (ज्येष्ठ सदस्य) पशुपति समशेर राणाले जानकारी दिए। बैठकमा समितिका सदस्यहरुलाई सो उजुरी र प्रस्तावित राजदूत तथा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको कार्ययोजना पनि अध्ययनका लागि वितरण गरिएको छ। पोर्चुगलका लागि प्रस्तावित राजदूत र सर्वोच्च अदालतका प्रस्तावित ६ जना न्यायाधीशहरूको उजुरी र कार्ययोजना अध्ययनका…